Tuesday | October 22, 2024 | 8:25:24 AM

माता दुर्गाको ९ अवतार भित्र लुकेको शक्तिको विकासक्रमको सिद्धान्त (Theory of evolution of energy behind 9 incarnation of Devi)

Mahesh Khatri10/3/2024
Blogsबिचार
featured image
Share article
  • fb-social-icon
  • fb-social-icon
  • fb-social-icon
  • fb-social-icon
  • fb-social-icon
  • fb-social-icon

ब्रह्माण्डको उत्पति पछाडीको कारण स्त्री(दुर्गा)लाई मान्ने संसारकै एकमात्र सम्प्रदाय शाक्त सम्प्रदाय हो। माता दुर्गालाइ ब्रहम्मको निरगुण रुपको सगुण स्वरुप मानिन्छ।

यत् पिण्डे तत् ब्रह्माण्डे (जे पिण्डमा हुन्छ त्यो ब्रह्माण्ड मा पनि छ, हाम्रो शरीर नै लघु ब्रह्माण्ड हो)। मानिसको उर्जाको विकासक्रमलाई ब्रह्माण्ड सङ्ग जोडेर हेर्दा। 

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति. चतुर्थकम्।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति.महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गा: प्रकीर्तिता:।
उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मना:।।

nawa durga.jpg

१. शैलपुत्री: शैल= पर्वत, पुत्री= छोरी; जन्मने बित्तिकैको स्वरुप जहाँ २ हात मात्र देखिन्छन् , एउटा हातमा त्रिशुल= विध्वंस को प्रतीक हो भने कमल = सौम्यताको प्रतिक। यो स्वरुपलाई नवजात शिशु सङ्ग पनि तुलना गर्न सकिन्छ। जहाँ अफ्नो पहिचान हुदैन त्यो पहिचान प्रतिको लगाव पनि हुदैन। 

२. ब्रह्मचारिणी : गुरुकुल/ विद्यालय / पाठशाला जाने विद्यार्थी को अवस्था जनाउँछ। शास्त्रहरुले मानिसको जिवनलाइ ४ खण्डमा विभाजन गरेको छ। ब्रह्मचारी(1st 25%- पढ्ने सिक्ने), गृहस्थ(2nd 25%), वनप्रस्थ(3rd 25%) र सन्यास(4th 25%)। स्वरुप:- माताले सेतो लुगा लगाउनु भएको छ र एउटा हातमा कमलण्डल र अर्कोमा माला जुन त्याग र तपस्याको प्रतीक हो। एक विद्यार्थी ले ब्रह्मचर्य पालन गर्नु पर्छ।(ब्रह्मचारी हुनुका फाइदा कुनै दिन लेखुला।)

३. चन्द्रघण्टा: यो सबैभन्दा सम्पन्न स्वरुप हो जहाँ माताका हातहरुमा शस्त्र र अस्त्र सङ्गै कमल, घण्टा, कमण्डल। भक्ती र शक्तिको समिश्रण हो। माताको तेस्रो अँाखा पनि खुलेको छ, जुन प्रज्ञा चक्षु खुल्नुको प्रतीक हो। विद्यार्थीले अब स्थितप्रज्ञ भएर सहि गलत छुट्ट्याउन सक्ने क्षमता निर्माण गरेको हुन्छ। यो सबै विद्यार्थी गुरुकुल बाट निस्कदा हुनपर्ने गुण्को अवस्था हो। 

४. कुष्मांण्डा: कु=सानो, उष्मा= उर्जा, अन्डा: egg; यो cosmic egg को स्वरुप हो; जब संसारमा केही थिएन तब माताले यो स्वरुपबाट ब्रह्माण्डको निर्माण गर्नु भएको थियो। गर्भवती महिला सङ्ग तुलना गर्न सकिन्छ। माताको हातमा घैटो छ जुन गर्भको प्रतीक हो। (धेरै कथा जस्तै महाभारतमा पनि गर्भबाट शिशु उत्पन्न भएको कुरा उल्लेख छ) ।

५. स्कन्दमाता: सुरुमा शैलपुत्री छोरी हुनु हुन्थ्यो अब आमा बनिसक्नु भयो। त्यसैले उहाँको नाम आफ्नो छोरो स्कन्ध(कार्तिकेय)को नाम बाट सम्बोधन गरिएको छ। यहाँ माताको हातमा शस्त्र छैनन। यो ममता अनि मातृत्वको स्वरुप हो जहाँ कार्तिकेय माताको काखमा बस्नु भएको छ। 

६. कात्यायनी: माताको यो अवतारले महिशाशुरको मर्दन गरेको थियो। स्त्री आमा बनेपछि बच्चाको लागि सर्वशक्तिशाली बन्न सक्छन्। स्त्री आत्मनिर्भर हुन्छन् । माताको त्यो शक्तिको लागि १८ भुजा पनि समय समय मा देखाइन्छ। (Goddess of Power)

७. कालरात्री :दुई अर्थ जनाउँछ, रात्री जस्तै कालो; सृष्टिको प्रलय हुनु र काल लाई control गर्न सक्ने । यहाँ कालले सृष्टि निल्दै छ भने कालिले काललाइ निल्दै हुनुहुन्छ। जहाँ एक स्त्री शिशुलाई जन्माउन सक्दछन भने आवस्यकता पर्यो भने जीवन ग्रहण पनि गर्न सक्दछिन। ब्रह्माण्डको रचन हुन सक्छ भने प्रलय पनि हुन्छ।

[माता कालिले ५१ वटा टाउको को माला नै किन लगाउनु भएको छ त? केही दिन मा लेखुला] 

८. महागौरी: आमा शान्ति, सुन्दरता र सौम्यता कि पनि पराकाष्ठा हुन। यो रुपले मानिसको पारिवारिक उन्नति र सुख प्रति उत्तरदायीत्व याद गराउछ। यो माताको प्रेममइ स्वरुप हो।

९. सुद्धिदात्री : त्यो स्त्री सङ्ग तुलना गर्नसकिन्छ जो सङ्ग सम्पुर्ण अनुभवको ज्ञान भएको हुन्छ। त्यहीँ ज्ञानको प्रयोग गरेर आफ्ना सन्ततिलाई धर्मको मार्गमा अगाडी बढन उपदेश दिन्छन्। माताले ब्रह्माण्डको हरेक कुरा जानिसक्नु भयो। ब्रह्माण्ड मा बिजय प्राप्त गरि सक्नु भयो। यो मा दुर्ग्गको अनन्त कृपा बर्साउने पुर्ण, अन्त, दयावान र अशिम स्वरूप हो। 

एकजना गुरु बाट रमाइलो ज्ञान पाइयो share नगरी बस्न सकिएन