१.१ भुगोल सम्बन्धिः अवस्थिती, क्षेत्रफल, सिमाना, सबै भन्दा अग्लो र होचो भाग ।
- क्षेत्रफल: १,४७,१८१ वर्ग कि. मि. (५६,८२७ वर्ग माइल) [Source: Nepal Parichaya 12th Edition 2081 Ashadh]
- देशान्तर : ८० डिग्री ४ मिनेटदेखी ८८ डिग्री १२ मिनेट पुर्वी देशान्तर
- अक्षांश: २६ डिग्री २२ मिनेट उत्तरी अक्षांश देखी ३० डिग्री २७ मिनेट उत्तरी अक्षांश
- नेपालले विश्वको कुल भुभागको ०.०३% ओगटेको छ।
- नेपालले एशियाको कुल भुभागको ०.३% ओगटेको छ।
- नेपालले दक्षिण एशियाको कुल भुभागको २.८२% ओगटेको छ।
- बङ्गालको खाडिदेखी(समुद्र देखी) नजिक को दुरीः ११२७ कि.मि.।
- पुर्व- पश्चिम लम्बाइः ८८५ कि.मि.।
- उत्तर-दक्षिण लम्बाइः १९३ कि.मि.।
- यसको दक्षिणमा भारतको बिहार र उत्तरप्रदेश राज्य, पश्चिममा भारतको उत्तराखण्ड राज्य, पूर्वमा पश्चिम बङ्गाल, सिक्किम राज्य र उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ ।
- नेपालको प्रामाणिक समय दोलखा जिल्लामा पर्ने गौरीशङ्कर हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी निर्धारण गरिएको छ । नेपालको समय ग्रिनविच मानक समयभन्दा ५ घण्टा ४५ मिनेट छिटो छ ।यो समय वि.सं. २०४२ साल वैशाख १ गतेदेखि लागू गरिएको हो।
- विश्वका ८,००० मिटरभन्दा अग्ला १४ चुचुरामध्ये नेपालमा आठओटा पर्दछन्।
- नेपालमा पाइने जलवायुः
- उष्ण(Tropical)
- अर्धोष्ण (Mesothermal)
- सूक्ष्म तापीय((Micro thermal)
- टाइगा (Taiga)
- टुन्ड्रा(Tundra)
१.२ भौगोलिक आधारमा नेपालको विभाजन ।
धरातलका आधारमा नेपालको भूभागलाई उत्तरदेखि दक्षिणसम्म क्रमशः तीन बृहत् प्रदेशमा विभाजन गरिएको छः
हिमाली प्रदेश
- हिमाली क्षेत्रले नेपालको १५ प्रतिशत भूभाग समेटेको छ ।
- करिब २५ देखि ५० किलोमिटर उत्तर–दक्षिण चौडाइभित्र फैलिएको हिमाली प्रदेश समुद्र सतहदेखि करिब ३,००० मिटरमाथिको उचाइमा अवस्थित छ ।
- हिमालय नेपालको उत्तरपट्टि मात्र नभई उत्तरी नेपाल सरहदबाट दक्षिणतिर हिमाली शृङ्खला देखिने नेपालका धेरै भूभाग छन्। जस्तैः अन्नपूर्ण र गङ्गापूर्ण हिमालको उत्तरपट्टि मनाङ, मुस्ताङ आदि नेपालका क्षेत्र पर्छन्। धवलागिरि चुरेन हिमालयको उत्तरमा मुस्ताङ तथा डोल्पाका भूभाग पर्छन्। ती क्षेत्रबाट हिमालय दक्षिणतिर देखिन्छ ।
- कञ्चनजङ्घा, जनक, उम्बक, महालङ्गुर, रोल्वालिङ, पुमरी, जुगल, लाङटाङ, गणेश, सेराङ, कुटाङ, मनसिरी, पेरी, लुगुला, दामोदर, नीलगिरि, अन्नपूर्ण, धवलागिरि, मुस्ताङ, गौतम, पालचुङ हमगा, कान्जिरोवा, कान्ति, गोरखा, चाङ्गला, चण्डी, नालाकङ्कर, गुराँस पूर्वदेखि क्रमशः पश्चिमसम्म फैलिएका प्रसिद्ध २८ हिमशृङ्खला हुन्।
- यो क्षेत्र अल्पाइन र आर्कटिक जलवायु क्षेत्रअन्तर्गत पर्छ ।
- सगरमाथालाई वि.सं. १९९० (१९३३ इ.सं.) मा Michale Karga ले Third Pole को उपमा दिएका थिए ।
- सोलुखुम्बुको ४,४०० मिटर उचाइमा रहेको चुङकुङ गाउँमा आलु फल्छ ।
- २,८०० मिटर उचाइमा रहेको मुस्ताङको जोमसोममा दुई सय मिलिमिटर वर्षा हुन्छ ।
- हमाली क्षेत्रमा ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला धादिङ, रामेछाप, गोरखा, रुकुम (पूर्व) र म्याग्दी गरी २१ जिल्ला पर्दछन्।
- वि.सं. २०७८ को जनगणनाअनुसार ६.०८ प्रतिशत जनसङ्ख्या हिमाली क्षेत्रमा बसोवास गर्दछन्।
हिमाली प्रदेशलाई भौगोलिक दृष्टिकोणले निम्नलिखित तीन उपक्षेत्रमा विभाजन गरी अध्ययन गरेको पाइन्छः
मुख्य हिमाली क्षेत्र
- हिमालयअन्तर्गतका उच्चतम चुलीहरूकेन्द्रित मुख्य हिमालयमा ८,००० मिटरभन्दा अग्ला हिमचुलीहरू पर्छन्।
- तटवर्ती हिमालयको दक्षिणतर्फ रहेका बृहत्तर हिमाली शृङ्खलामा ६,००० मिटरभन्दा अग्ला १,३११ चुचुराहरू रहेका छन्।
- विश्वको सर्वोच्च शिखर सगरमाथा र तेस्रो उच्च हिमशिखर कञ्चनजङ्घाका अतिरिक्त ल्होत्से, मकालु, चो–ओयु, धवलागिरि, मनास्लु, अन्नपूर्णसमेत विश्वका दुई दर्जन चुलीमध्ये नेपालमा करिब डेढ दर्जन हिमचुचुरा रहेका छन्।
- कञ्चनजङ्घा, खुम्बु, महालङ्गुर, रोल्वालिङ, गणेश, गोरखा, अन्नपूर्ण, धवलागिरि, काञ्जिरोवा, अपि र सैपाल हिमशृङ्खलाअन्तर्गत विश्वका १० सर्वोच्च शिखरहरूमध्ये आठओटा हिमशिखर पर्दछन्।
भित्री हिमाली क्षेत्र
- मुख्य हिमालयबाट उत्तर र तिब्बत तटवर्ती क्षेत्रबाट दक्षिणतिर यो क्षेत्र रहेको छ ।
- यहाँ पूराङ्ग, हुम्ला, मुगु, लाङगु, बुढी खोटाङ, केरुङ, न्यानम, रोङ्गसार, खुम्बु, कर्मा आदि हिमवेष्ठित उपत्यकाहरू छन्।
- उत्तरमा अग्ला हिमालय र दक्षिणमा होचा पर्वतका बीचमा रहेका यी उपत्यका २,४००–५,००० मिटरसम्मका उचाइमा रहेका छन्।
- हुम्ला, जुम्ला, मुगु, डोल्पा, मुस्ताङ र मनाङ वृष्टिछायामा पर्ने हुँदा वर्षा ज्यादै कम हुन्छ ।
- यस भेगमा शुष्क जलवायु पाइन्छ ।
- यो पर्वतीय क्षेत्रमा चिसो शीतोष्ण कोणधारी वन हुने हुँदा डालेघाँस प्रायः पाइँदैन ।
- जौ, गहुँ, कोदो र आलु ३,००० मिटर उचाइसम्म फल्छ ।
सीमान्त हिमाली क्षेत्र
- यो अन्तरहिमाली शृङ्खला तिब्बतको समानान्तर किनारी क्षेत्र करिब १३० किलो मिटर उत्तरसम्म फैलिएको छ ।
- सरदर ६,००० मिटर उचाइदेखि करिब ७,००० मिटरसम्म रहेको तिब्बती पठारको समस्थली क्षेत्र गङ्गा र साङ्ग पो (ब्रह्मपुत्र) को पानीढलो क्षेत्रका रूपमा रहेको छ ।
- उच्च हिमशृङ्खला छिचोली आएकाले यो क्षेत्रका नदी (कालीगण्डकी, अरुण आदि) हिमालयभन्दा पनि पुराना मानिन्छन्।
- मनाङ, मुस्ताङमा छरिएर रहेका बस्ती छन् र भोट निस्कने भञ्ज्याङहरू निकै पर्छन्।
- टिपताला (ताप्लेजुङ), पोपटी÷हरियाघाँटी (संरतवासया), नाङपा (सोलुखुम्बु), पूर्वी छ्याछु, रसुवागढी, ग्याला (गोर्खा), मुस्ताङ घाँटी, लुगुवा (मनाङ), नाम्जाला (मुगु), यारी (हुम्ला), टिंकर (दार्चुला) महत्वपूर्ण भञ्ज्याङहरू हुन्।
- वृष्टिछायामा पर्ने भएकाले यो क्षेत्र मूलतः हिमाली मरुभूमिका रूपमा रहेको छ ।
- यसलाई टेथिस हिमाल पनि भनिन्छ ।
नेपालका प्रमुख हिमशिखर र तिनको उचाइ
Top 8: [SKLMCDMA]
हिमशिखर | उचाइ(मिटर) | हिमशृङ्खला | जिल्ला / प्रदेश |
---|---|---|---|
सगरमाथा | ८,८४८.८६ | खुम्बु / महालङ्गुर | सोलुखुम्बु / कोशी |
कञ्चनजङ्घा | ८,५८६ | कञ्चनजङ्घा | ताप्लेजुङ / कोशी |
ल्होत्से | ८,५१६ | खुम्बु/महालङ्गुर | सोलुखुम्बु / कोशी |
मकालु | ८,४६३ | कुम्भकर्ण | सङ्खुवासभा / कोशी |
धवलागिरि | ८,१६७ | धवलागिरि | म्याग्दी, मुस्ताङ / गण्डकी |
अन्नपूर्ण | ८,०९१ | अन्नपूर्ण | कास्की / गण्डकी |
नुप्से | ७,८५५ | खुम्बु | सोलुखुम्बु / कोशी |
शान्ति पिक | ७,५९१ | खुम्बु | सोलुखुम्बु / कोशी |
लाङटाङ लिरुङ | ७,२३४ | लाङटाङ | रसुवा / बागमती |
गणेश हिमाल | ७,१६३ | गणेश | गोरखा, धादिङ / बागमती |
पुमोरी | ७,१६१ | खुम्बु / महालङ्गुर | सोलुखुम्बु / कोशी |
गौरीशङ्कर | ७,१३४ | रोल्वालिङ | दोलखा/बागमती |
अपी | ७,१३२ | गुराँस | दार्चुला/सुदूरपश्चिम |
माछापुच्छ्रे | ६,९९३ | अन्नपूर्ण | कास्की/गण्डकी |
सैपाल | ७,०३१ | अपि सैपाल | बझाङ/सुदूरपश्चिम |
काञ्जिरोवा | ६,८८३ | काञ्जिरोवा | डोल्पा/कर्णाली |
अमादब्लम | ६,८१२ | खुम्बु÷महालङ्गुर | सोलुखुम्बु/कोशी |
जुगल (भैरव टाकुरा) | ६,५३५ | जुगल | सिन्धुपाल्चोक/बागमती |
भृकुटी | ६,३६४ | दामोदर | मुस्ताङ/ गण्डकी |
हिमचुली | ७८९३ | मनसिरी | गोर्खा / लमजुङ |
हिमशृङ्खला र प्रमुख हिमटाकुरा
हिमशृङ्खला | प्रमुख टाकुरा | उचाइ (मि.) |
---|---|---|
कञ्चनजङ्घा | कञ्चनजङ्घा कुम्भकर्ण किरातचुली | 8586 7710 7365 |
जनक | जोङसाङ जनक | 7483 7035 |
महालङ्गुर | सगरमाथा लोप्से मकालु चोओय नुप्से | 8848.86 8516 8463 8201 7855 |
रोलवालिङ | गौरीशङ्कर | 7134 |
जुगल | जुगल | 7050 |
लाङटाङ | लाङटाङ लिरुङ लाङटाङ री | 7234 7205.5 |
गणेश | गणेश | 7429.3 |
सेराङ (शृङ्गी) | चामर | 7187 |
मनसिरी | मनास्लु हिमालचुली | 8163 7893 |
पेरी | हिमलुङ रत्नाचुली | 7126 7035 |
नीलगिरि | नीलगिरि उत्तरी | 7031 |
अन्नपूर्ण | अन्नपूर्ण प्रथम गङ्गापूर्ण तिलिचो | 8091 7455 7134 |
धवलागिरि | धवलागिरि चुरेर (पूर्वी) | 8167 7371 |
गुराँस | अपि सैपाल | 7132 7031 |
(ख) पहाडी प्रदेश
- उत्तरमा हिमाल र दक्षिणमा तराईबीच रहेको मध्यभाग पूर्वदेखि पश्चिमसम्म अग्ला–होचा पहाडहरू, फराकिला–साँघुरा उपत्यका, दून, बेँसी तथा टार र गरायुक्त पाखाहरूले घनीभूत छ ।
- दक्षिणमा समुद्र सतहबाट करिब ३०० मिटरदेखि उत्तरमा ३,००० मिटरसम्मका भूभागहरू ओगटेर ७५ किलोमिटरदेखि १२५ किलोमिटरसम्म चौडा भई विस्तारित भएका छन्।
- यहाँ विशेषतः निस, स्लेट, भेल र ग्रेनाइट जस्ता चट्टानहरू पाइन्छन्।
- यस क्षेत्रमा इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, काभ्रेपलाञ्चोक, नुवाकोट, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, प्युठान, रोल्पा, रुकुम (पश्चिम), सल्यान, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा र बैतडी गरी २८ ओटा जिल्ला पर्दछन्।
- वि.सं. २०७८ को जनगणनाअनुसार ४०.३ प्रतिशत जनसङ्ख्या पहाडी क्षेत्रमा बसोवास गर्दछन्।
पहाडी प्रदेशलाई निम्न तीन श्रेणीमा विभाजन गरिएको छः
चुरे पर्वत श्रेणी (Churey Range)
- नेपालको दक्षिणमा अवस्थित पूर्वदेखि पश्चिमसम्म फैलिएको हिमालय पर्वतमालाभन्दा निकै पछि विकसित भएको समुद्र सतहदेखि ६१० देखि १८७२ मिटरको उचाइसम्म भएको पर्वतमालालाई चुरे पर्वत भनिन्छ । यसलाई सामान्यतः चुरिया वा चुरे पर्वत भनिन्छ ।
- बाह्य हिमालय भनिने यो पर्वत शिवालिकको नामले समेत प्रसिद्ध छ ।
- यहाँ उपोष्ण जलवायु पाइन्छ ।
- यो क्षेत्रले १२.७ प्रतिशत (१८,७९,००० हेक्टर) ढाकेको छ ।
- शिवालिक क्षेत्रमा खेती हुन सक्ने जमिन करिब २४ प्रतिशत (५,२९,६०० हेक्टर) छ ।
महाभारत श्रेणी (Mahabharat Range)
- पूर्व–पश्चिम फैलिएको समुद्र सहतदेखि करिब १२,००० फिटसम्म उचाइ।
- यो भाग सेल, स्यान्डस्टोन, लाइमस्टोन, मार्बल, स्लेटजस्ता चट्टानयुक्त छ ।
- होचो हिमालय (Lesser Himalaya) को नामले पनि यो पर्वत चिनिने गर्छ ।
- यहाँको हावापानी रमणीय र स्वस्थ्यकर हुने हुँदा महाभारत पर्वत श्रेणीलाई नेपालको Hillstation पनि भनिन्छ ।
- सैलुङ, ट्याम्के, जैथक, फूलचोकी, शिवपुरी, छिम्केश्वरी, दामन, स्वर्गद्वारी, साकिने डाँडा, खोँच आदि यहाँका प्रमुख शिखर हुन्।
- पूर्वी नेपालका तुलनामा पश्चिमको भाग बढी ठाडो छ ।
मध्यभूमि श्रेणी
- महाभारत पर्वत श्रेणी र हिमालय पर्वत श्रेणीहरूका बीचमा रहेका ठुला–ठुला टार, बेँसी र उपत्यकाहरूलाई मध्यभूमि भनिन्छ ।
- यसअन्तर्गत काठमाडौं, पोखरा, त्रिशूली, पाँचखाल, माडी जस्ता उपत्यकाहरू पर्दछन्।
- नेपालका चमेलिया (सुदूरपश्चिम), त्रिशूली (मध्य), सुनकोशी र अरुण तथा तमोर नदीद्वारा निर्मित ठुला उपत्यका एवम् समथर र उर्वरक्षेत्र मध्यभूमिअन्तर्गत पर्छन्।
- यहाँ तुम्लिङटार (सङ्खुवासभा), रुम्जाटार (ओखलढुङ्गा), बेल्टार (उदयपुर) मङ्गलटार (काभ्रेपलाञ्चोक), खुमलटार (ललितपुर), बट्टार नुवाकोट), सल्यानटार (धादिङ), खैरेनीटार (तनहुँ), चौरजहारीटार (रुकुम) जरायोटार (भोजपुर), खरानीटार (नुवाकोट) र पालुङटार (गोर्खा) जस्ता टार पनि छन्।
- मध्यपर्वतीय क्षेत्रले नेपालको २९.५ प्रतिशत (४३,५०,३०० हेक्टर) जमिन ढाकेको छ ।
- यहाँको जलवायु वर्षैभरि कृषिका लागि उपयुक्त छ ।
- यहाँ ८७ प्रतिशत खेतीयोग्य भूमि पर्वतीय पाखाका रूपमा रहेका छन्।
- मध्यपहाडी भूमिको गराखेती प्रविधि नै स्थापित प्रविधि हो।
- मध्यपहाडमा प्रिक्याम्ब्रियन (Precambraian), फाइलाइटस् (Phylletes), क्वर्टजाइटस् (Quartzites), अभ्रख, शिष्ट र ग्रेनाइट (Granite) जस्ता विविध चट्टान पाइन्छन्।
- यो भाग ऋतुक्षय भएका ग्रेनाइट, चुनढुङ्गा, डोलोमाइट, सेल, स्यान्डस्टोन, स्लेट र क्वार्टजाइटले बनेको छ ।
- पहाडी प्रदेशमा किराँत (राई, लिम्बू), तामाङ, मगर, गुरुङ, बाहुन, क्षेत्री, नेवार आदि विभिन्न जातिका मानिसहरू बसोवास गर्छन्।
- पहाड आफैमा विविधतायुक्त भएकाले यहाँको घर निर्माण, लवाइखवाइ, पेसा आदिमा भिन्नता पाइन्छ ।
- यस भेकमा इलाम, धनकुटा, चैनपुर, भोजपुर, ओखलढुङ्गा, चरीकोट, बनेपा, काठमाडौँ, पोखरा, जुम्ला, सल्यान, सिलगढीजस्ता साना–ठुला बस्ती छन्।
- पहाडी क्षेत्रको कुल बस्तीमध्ये १००० मिटरसम्मको उचाइमा १६.३७ प्रतिशत, १००१–२००० मिटरसम्ममा ५९.०९ प्रतिशत र यसभन्दा माथि ३००० मिटरसम्ममा १९.९९ प्रतिशत बस्तीहरू रहेको पाइन्छ । सर्वाधिक बस्तीहरू १००१–२००० मिटरसम्ममा केन्द्रित छन्।
काठमाडौँ उपत्यका
- काठमाडौँ , भक्तपुर र ललितपुर गरी तीन जिल्ला काठमाडौँ उपत्यकामा समावेश गरिएका छन्।
- समुद्री सतहबाट करिब १३३७ मि. उचाइमा रहेको छ ।
- वि.सं. २०७८ को जनगणनाअनुसार काठमाडौँं उपत्यकामा कुल जनसङ्ख्याको १०.३ प्रतिशत जनसङ्ख्या बसोवास रहेको छ ।
पहाडी प्रदेशमा अवस्थित मुख्य उपत्यकाहरू
उपत्यका | उचाइ (मि.) | जिल्ला |
---|---|---|
काठमाडौँ | १३३७ | काठमाडौँ, ललितपुर र भक्तपुर |
त्रिशूली | ५७९ | नुवाकोट |
पोखरा | ८१९ | कास्की |
पाँचखाल | ८७१ | काभ्रेपलाञ्चोक |
बनेपा | १५५४ | काभ्रेपलाञ्चोक |
पाटन | १५३४ | बैतडी |
धुनिबेँसी | ८५० | धादिङ |
दाङ | ६६३ | दाङ |
सुर्खेत | ६६४ | सुर्खेत |
उदयपुर | ३६० | उदयपुर |
(ग) तराई प्रदेश
- पहाडी भागदेखि दक्षिणतर्फ भारतको सीमासम्म पूर्व–पश्चिम फैलिएको नेपालको समतल भूभाग तराई प्रदेश हो। यसलाई मधेस पनि भनिन्छ ।
- यस प्रदेशको चौडाइ २५ किलोमिटरदेखि ३० किलोमिटरसम्म छ ।
- यो क्षेत्र उष्ण क्षेत्र हो।
- सन् १९६० सम्म यो क्षेत्रमा थारूहरूको बाहुल्य थियो। औलो उन्मूलनपछि दून उपत्यका पहाडलगायत अन्य क्षेत्रका जनताको पनि केन्द्रस्थल भई यो क्षेत्र बहुजातीय क्षेत्र बन्यो।
- समुद्री सतहबाट ६० देखि ६०० मिटरको उचाइमा रहेको छ ।
- यसलाई नेपालको अन्नभण्डार पनि मानिन्छ ।
- यस क्षेत्रअन्तर्गत झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी १८ जिल्ला पर्दछन्।
- वि.सं. २०७८ को जनगणना अनुसार तराईमा ५३.६ प्रतिशत जनसङ्ख्या बसोवास गर्दछन्।
तराई प्रदेशलाई निम्न तीन श्रेणीमा विभाजन गरिएको छः
मध्य तराई
- देशको दक्षिणी भागमा दक्षिणतर्फ होचिँदै गएको भूभागलाई मध्य तराई भनिन्छ ।
- मिहिन पाँगो माटाले बनेको यो क्षेत्र उर्वर रहेको छ ।
- चितवनको दक्षिणमा सोमेश्वर पर्वतमाला र देउखुरीको दक्षिणमा डुन्डुवा पर्वतमालाले काटेकाले खास तराईलाई तीन भाग (पूर्वी, मध्य र पश्चिम) मा बाँड्ने पनि गरिएको छ ।
- झापा, मोरङ, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्साको दक्षिण, परासीको पश्चिम दक्षिण, रूपन्देही र कपिलवस्तुको दक्षिण र बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको दक्षिणी क्षेत्रलाई नेपालको मध्य तराई भनिन्छ ।
भाबर क्षेत्र
- मध्यतराईको उत्तर र चुरे पर्वतमालाको दक्षिणमा समुद्री सतहदेखि ३८० मिटरको उचाइसम्म फैलिएको साँघुरो पेटीलाई भावर क्षेत्र भनिन्छ ।
- १२.८ कि.मि. देखि १६ कि.मि. चौडाइ भएको भाबर प्रदेशले मुलुकको कुल क्षेत्रफलको ४.५ प्रतिशत भूभाग ओगटेको छ ।
भित्री मधेस
- चुरे र महाभारत पर्वत श्रेणीको बीचमा समुद्र सतहदेखि ६१० मिटरको उचाइसम्म चारैतिर पहाड पर्वतले घेरिई फैलिएका विशाल फाँटलाई भित्री मधेस वा दून क्षेत्र भनिन्छ ।
- ३२ देखि ६४ कि.मि. सम्म लम्बाइ र १६ कि.मि. सम्म चौडाइ भएको यो क्षेत्रले मुलुकको कुल क्षेत्रफलको ८.५ प्रतिशत भूभाग समेटेको छ ।
- भित्री मधेसलाई चार क्षेत्रमा बाँडिएको छ ।
- यसमा
- उदयपुर र सिन्धुली उपत्यकालाई पूर्वी भित्री मधेस,
- मकवानपुर, चितवन र परासी (बर्दघाट सुस्ता पूर्व)लाई मध्य भित्री मधेस,
- दाङ देउखुरीलाई पश्चिमी भित्री मधेस र,
- सुर्खेत उपत्यकालाई मध्यपश्चिम भित्री मधेस भनिन्छ ।
जिल्लाहरूको वर्गीकरण
हिमाली प्रदेश | ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला धादिङ, रामेछाप, गोरखा, रुकुम (पूर्व) र म्याग्दी | २१ जिल्ला |
पहाडी प्रदेश | इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, काभ्रेपलाञ्चोक, नुवाकोट, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, प्युठान, रोल्पा, रुकुम (पश्चिम), सल्यान, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा र बैतडी | २८ जिल्ला |
भित्री मधेस | उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, परासी (बर्दघाट सुस्ता पूर्व), दाङ र सुर्खेत | ७ जिल्ला |
तराई प्रदेश | झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर | १८ जिल्ला |
काठमाडौँ उपत्यका | काठमाडौँ , भक्तपुर र ललितपुर | ३ जिल्ला |
१.२.२ नदीको आधारमा नेपालको विभाजन
(क) कोशी क्षेत्र
- पूर्वमा कञ्चनजङ्घा हिमालदेखि पश्चिममा लाङटाङ हिमाल (गोसाइँस्थान) बीचको भागलाई कोशी नदी प्रणाली क्षेत्र भनिन्छ ।
- यो हिमाली पूर्वगामी नदी (antecedent river) हो।
- तमोर, अरुण, लिखु, दूधकोशी, तामाकोशी, सुनकोशी र इन्द्रावती मिलेर सप्तकोशी नदी बनेको छ ।
- यो नेपालको सबैभन्दा ठुलो नदी हो। यो नदीको कुल ७२० कि.मि. मध्ये २०० कि.मि. नेपालमा पर्दछ ।
- लामो हुनुका साथै जलप्रवाह क्षमता औसत १,५००M^3(चतरा) क्युबिक मिटर प्रतिसेकेन्ड रहेको छ ।
- यस नदीबाट २२,००० मेगावाटसम्म विद्युत् निकाल्न सकिने अनुमान गरिएको छ ।
- ठुलो सहायक नदी अरुण ।
- सबैभन्दा सानो नदी लिखु ।
(ख) गण्डकी क्षेत्र
- पूर्वमा लाङटाङ हिमालदेखि पश्चिममा धवलागिरि हिमालसम्मको गण्डकी नदी प्रभावित क्षेत्रलाई गण्डकी प्रदेश भनिन्छ ।
- गण्डकी नदीका सात प्रमुख सहायक नदीहरू त्रिशूली, बुढीगण्डकी, दरौँदी, मादी, मस्र्याङ्दी, सेती र कालीगण्डकी हुन्।
- गाण्डव ऋषिको नामबाट नामकरण गरिएको मानिएको यस नदीलाई चितवन जिल्लामा आएपछि (देवघाटभन्दा तल) नारायणी नदीको नामले चिनिन्छ ।
- जसको प्रवाह क्षेत्र ३३,००० वर्ग कि.मि. भन्दा बढी रहेको छ ।
- करिब ३३८ कि.मि. लामो
- यस नदीको विद्युत् क्षमता करिब २१,००० मे.वा. रहेको मानिएको छ ।
- यसका सहायक नदीहरूमध्ये कालीगण्डकी सबैभन्दा ठुलो र दरौँदी सबैभन्दा सानो हो।
- नेपालको सबैभन्दा गहिरो यो नदी
- प्रतिसेकेन्ड औसत १,७१३ क्यु.मि. पानी प्रवाह गर्दछ ।
(ग) कर्णाली क्षेत्र
- पूर्वमा धवलागिरि हिमालदेखि पश्चिममा व्यास हिमालबीचको भू–भागलाई कर्णाली नदी प्रभावित क्षेत्रलाई कर्णाली प्रदेश भनिन्छ ।
- कर्णाली नदीका सात प्रमुख सहायक नदीहरू हुम्ला कर्णाली, मुगु कर्णाली, ठूली भेरी, सानी भेरी, तिला, बुढीगङ्गा र सेती नदी हुन्।
- यसलाई नेपालको सबैभन्दा लामो नदी पनि भनिन्छ ।
- यो नदी भारतमा पुगेपछि घाघँरा र सरयू नामले समेत चिनिन्छ ।
- यो नदी करिब ४२,००० वर्ग.कि.मि. क्षेत्रफल समेटेर बग्दछ ।
- नेपालभित्र करिब ५०७ कि.मि. लामो यस नदीको विद्युत् उत्पादन क्षमता ३२,००० मे.वा. रहेको मानिएको छ ।
- यो नदीको औसत जलप्रवाह क्षमता प्रतिसेकेन्ड १,३१६ क्यु.मि. रहेको छ ।
हावापानीका आधारमा नेपालको विभाजन
प्रकार | उचाइ (m) | तापक्रम | वर्षा (cubic cm) |
---|---|---|---|
उपोष्ण मनसुनी हावापानी (Sub Tropical Monsoon Climate) | 1200 | ग्रीष्म ऋतु: 38-42 ठंण्डा: 15-5 | 200 cm |
न्यानो समशीतोष्ण हावापानी (Warm Temperature climate) | 1201-2100 | Summer : 24-35 Cold : 0 or less | 250cm on दक्षिणको भिरालो र 100cm on उत्तरतर्फको भिरालो |
ठन्डा समशीतोष्ण हावापानी (Cold Temperature climate) | 2100-3350 | Summer : 15-20 Cold : 0 or less | 100cm |
लेकाली हावापानी (Alpine Climate) | 3350-5000 | Summer : 150 Cold : 0 or less | 30cm or less |
ध्रुवीय वा हिमाली हावापानी (Polar or Himalayan Climate) | 5001-8848 | Less than 0 | snowfall |
१.३ राजनैतिक विभाजन (संघ, प्रदेश, स्थानीय तह)।
- भीमसेन थापाकापालमा नेपालमा ३९ जिल्ला थिए ।
- वीर शमशेरले नेपाललाई ३५ जिल्लामा विभाजन गरियो (तराईमा १२ र पहाडमा २३)।
- 2018/01/01 मा नेपाललाई 14 अञ्चल र 75 जिल्लामा विभाजन गरिएको थियो।
- नेपाललाई २०२९/०३/१३ मा ४ विकास क्षेत्र र २०३७/०६/२६ मा पाँच विकास क्षेत्रमा विभाजन गरिएको थियो ।
नेपालको संविधानले नेपाललाई तीन तहमा विभाजन गरेको छ(केन्द्र, प्रदेश र स्थानीय तह) ।
- नेपालको संविधानको अनुसूचीमा संघीय सरकारको अधिकारको व्यवस्था। अनुसूची ७ मा नेपालको संविधानको व्यवस्था पनि छ । त्यस्तै संघीय सरकारले कार्यपालिकाको अधिकार प्रयोग गर्ने व्यवस्था गरेको छ ।
- प्रदेश :- नेपालको संविधान; नेपालको संविधानको अनुसूची ४ मा प्रत्येक प्रदेशका जिल्ला स्पष्ट गरिएको छ ।
- नेपाल सरकारले २०७२/०४/२३ मा नेपाललाई ६ प्रदेश र २०७२/०५/०४ मा ७ प्रदेशमा विभाजन गर्ने निर्णय गरेको थियो ।
- नेपाललाई २०७२/०६/०३ मा ७ प्रदेशमा विभाजन गरिएको थियो ।
- रुकुम पूर्व नेपालको सबैभन्दा कान्छो जिल्ला / नेपालको ७७ औं जिल्ला, नवलपुर नेपालको ७६ औं जिल्ला हो जसलाई २०७४/०५/०५ मा विभाजन गरिएको थियो।
- हाल नेपालमा १ केन्द्र सरकार, ७ प्रदेश सरकार र ७५६ स्थानीय सरकार सहित जम्मा ७६१ सरकार छन्।
- नेपाल सरकारले नेपाललाई ७५३ स्थानीय तहमा विभाजन गरेको छ । जसअनुसार महानगरपालिका ६, उपमहानगरपालिका ११, नगरपालिका २७६ र गाउँपालिका ४६० रहेका छन्।
कोशी प्रदेश
- क्षेत्रफल = २५,९०५ वर्ग किमी (१७.६०५%)
- सबैभन्दा ठूलो जिल्ला = ताप्लेजुङ (३६४६ वर्ग किलोमिटर)
- सबैभन्दा सानो जिल्ला = 679 sq.km
- प्रदेश राजधानी (अस्थायी) = विराटनगर।
- जिल्ला = ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासावा
- तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु,
- ओखलढुंगा, उदयपुर, झापा, बिहान सुनसरी।
- नदीहरू: कोशी, अरुण, मेची, तमोर
- विश्वविद्यालय: पूर्वाञ्चल
मधेश प्रदेश
- क्षेत्रफल = ९६६१ वर्ग किमी (६.५७५%)
- सबैभन्दा ठूलो जिल्ला = सप्तरी (१३६३ ५४ किमी)
- सबैभन्दा सानो जिल्ला = महोत्तरी (१००२ वर्ग किलोमिटर)
- जिल्ला = सप्तरी, सिरहा, धनुषा,
- महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा ।
- प्रदेश राजधानी (अस्थायी) = जनकपुर
- नदीहरू: बागमती, कमला
बागमती प्रदेश
- क्षेत्रफल = २०,६०० वर्ग किमी (१३.७९५%)
- सबैभन्दा ठूलो जिल्ला = सिन्धुपाल्चोक (२५४२ वर्ग किलोमिटर)
- सबैभन्दा सानो जिल्ला = भक्तपुर (११९ वर्ग किलोमिटर)
- प्रदेश राजधानी = हेटौंडा
- जिल्ला = दोलखा, रामेछाप, सिन्धुली,
- काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा,
- नुवाकोट, चितवन, मकवानपुर, भक्तपुर,
- ललितपुर र काठमाडौं ।
- यस प्रदेशका लागि भिखाना थोरी भारत नेपाल जाने ट्रान्जिट मात्र हो।
गण्डकी प्रदेश
- क्षेत्रफल = 21733 वर्ग किमी
- सबैभन्दा ठूलो जिल्ला = गोरखा (३६१० वर्ग किलोमिटर)।
- सबैभन्दा सानो जिल्ला = पर्वत (४९४ वर्ग किलोमिटर)
- प्रदेश राजधानी = पोखरा
- जिल्ला = गोरखा, तनहुँ, लमजुङ, मनाङ,
- मुस्ताङ, पर्वत, स्याङ्जा, माग्दी,
- बागलुङ र नवलपरासी (बर्दघाट पूर्व)
- नदीहरू: त्रिशूली, बागमती, तमाकोशी
लुम्बिनी प्रदेश
- क्षेत्रफल = २२२८८ वर्ग किमी (१५.१४५%)
- सबैभन्दा ठूलो जिल्ला = दाङ (२९५५ वर्ग किलोमिटर)
- सबैभन्दा सानो जिल्ला = नवलपरासी
- (बर्धा घाट पश्चिम सुस्ता (६३४८८ वर्ग किमी)
- प्रदेश राजधानी = देउखुरी, दाङ
- जिल्ला = नवलपरासी (सुस्ता पश्चिम),
- रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी,
- रुकुम, रोल्पा, प्युठान, दाङ, बाँके र बर्दिया ।
- नदीहरू: सेती, कालीगण्डकी
कर्णाली प्रदेश
- क्षेत्रफल = 27984 वर्ग किमी। (१९.०१५%)
- सबैभन्दा ठूलो जिल्ला = डोल्पा (७८८९ वर्ग किलोमिटर)
- सबैभन्दा सानो जिल्ला = रुकुम (पश्चिम) [१२१३.४९ वर्ग किमी]
- प्रदेश राजधानी = वीरेन्द्रनगर, सुर्खेत
- जिल्लाः रुकुम (पश्चिम), सल्यान, डोल्पा,
- जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट,
- दैलेख र सुर्खेत ।
- नदीहरू: भेरी, कालीगण्डकी, नारायणी
सुदूरपश्चिम प्रदेश
- क्षेत्रफल = १९५३९ वर्गकिमी (१३२८५%)
- सबैभन्दा ठूलो जिल्ला = बझाङ (३४२२ वर्ग किलोमिटर)
- सबैभन्दा सानो जिल्ला = बैतडी (१५१९ वर्ग किलोमिटर)
- प्रदेश राजधानी = गोदावरी, कैलाली।
- नदीहरू: सेती, सुर्मा, महाकाली
६ वटा महानगरपालिका :
District | Metropolitan | No. of wards | Area(km) |
---|---|---|---|
Kathmandu | Kathmandu | 32 | 49.45 |
Lalitpur | Lalitpur | 29 | 36.12 |
Chitwan | Bharatpur | 29 | 432.95 |
Kaski | Pokhara | 33 | 464.24 |
Morang | Biratnagar | 19 | 77 |
Parsa | Birgunj | 32 | 132.07 |
११ उपमहानगरपालिका
District | Sub-Metropolitan | No. of Ward | Area |
---|---|---|---|
Sunsari | Ithari | 20 | 93.78 |
Dharan | 20 | 192.32 | |
Dhanusha | Janakpur | 25 | 91.97 |
Makwanpur | Hetauda | 19 | 261.59 |
Bara | Kalaiya | 27 | 108.94 |
Jitpur-Simra | 24 | 312.18 | |
Rupandehi | Butwal | 19 | 101.61 |
Dang | Tulsipur | 19 | 384.63 |
Ghorahi | 19 | 522.21 | |
Banke | Nepaljung | 23 | 85.94 |
Kailali | Dhangadhi | 19 | 261.75 |
नेपालको प्रशासनिक विभाजन बारे रोचक तथ्य।
- नेपालमा ४६० गाउँपालिका, २७६ नगरपालिका, ११ उपमहानगरपालिका र ६ महानगरपालिका रहेका छन् जसलाई २०७४/०२/०८ मा विभाजन गरिएको थियो ।
- नेपालको तीन प्रकारका स्थानीय तहहरू: गाउँपालिका (ग्रामीण नगरपालिका), नगरपालिका र जिल्ला समिति (जिल्ला सभा)
- नेपालमा ६७४३ वडा छन् ।
- पाँच ठूलो नगरपालिका (क्षेत्र)
- सितगंगा; अर्घाखाँची
- आठबिस्कोट; रुकुम
- त्रियुग; उदयपुर
- सोलु; दुधकुण्ड
- कमलामाई; सिन्धुली
- तीन ठूला गाउँपालिका (क्षेत्र)
- नम्खा; हुम्ला
- मुगुकर्मरोड; मुगु
- फकटाङलुङ; ताप्लेजुङ
- प्रत्येक वडामा १ वडाध्यक्ष र ४ जना वडा सदस्य निर्वाचित हुन्छन् जसमा १ दलित र कम्तीमा २ जना महिला छन् ।
- गाउँपालिकामा न्यूनतम ५ र अधिकतम २१ वडा हुनुपर्नेछ ।
- नगरपालिकामा कम्तिमा ९ र बढीमा ३२ वटा वडा हुनुपर्छ ।
- (उप-महानगर वा महानगर पनि)
- नेपालमा कूल ७५३ स्थानीय तह र ७६१ सरकार छन् ।
- नगरपालिका नभएका जिल्लाहरु
- रसुवा
- मुस्ताङ
- रुकुम (पूर्व)
- मनाङ
- हुम्ला
- गाउँपालिका नभएका जिल्लाहरु
- काठमाडौं
- भक्तपुर
- बढी स्थानीय तह भएको जिल्लाः सर्लाही, २०
- बढी नगरपालिका भएको जिल्लाः रौतहट, १६
- बढी गाउँपालिका भएको जिल्लाः धादिङ, ११
- ५ ठूला जिल्ला (क्षेत्रफल): डोल्पा (७८८९ वर्ग किलोमिटर), हुम्ला, ताप्लेजुङ, मुगु, गोरखा
- ५ साना जिल्ला (क्षेत्रफल): भक्तपुर (११९ वर्ग किलोमिटर), ललितपुर, काठमाडौं, पर्वत, तेह्रथुम
- सन् २०१८ वैशाख १ मा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरिएको थियो ।
- पृथ्वीनारायण शाहको एकीकरणकालमा प्रशासनिक व्यवस्थापनलाई १२ क्षेत्रमा विभाजन गरिएको थियो ।
- गोरखा
- सल्यान
- नुवाकोट
- लामिडाडा
- सिन्धुपाल्चोक
- काभ्रेपलाञ्चोक
- दोलखा
- मकवानपुर
- माझ किरात
- पल्लो किरात
- चौदण्डी
- विजयपुर
- भीमसेन थापाको पालाका जिल्लाहरू : ३९ जिल्ला [बिरसुमशेर (१९५२): २३ पहाडी + १२ तराई = ३५ जिल्ला]
- सन् २०२९ मा वि. असार २६ : ४ विकास क्षेत्र
- २०३७ आश्विन २६ : ५ विकास क्षेत्र [३७ जिल्लाले छिमेकी कुनै पनि देशलाई छुँदैन । 25 जिल्ला मात्र भारत छुन्छ। चीनमा मात्रै १३ जिल्ला छन। २ जिल्ला भारत र चीन दुवैलाई छुन्छ (ताप्लेजुङ, दार्चुला)।
- थप जिल्ला सीमाना छुने जिल्लाहरु: सिन्धुली (10) र मकवानपुर (9)
- नेपालका दुई जिल्ला मात्रै छुने जिल्ला: झापा, दार्चुला र कञ्चनपुर
- पहाड पारिका जिल्ला: मनाङ, मुस्ताङ
- शासन प्रणाली: संसदीय प्रणाली (संघीय गणतान्त्रिक संसदीय प्रणाली)
- संसदमा २७५ सदस्यहरू छन्।
- काठमाडौंबाट नजिकको हिमाल: भैरव कुण्ड, सिन्धुपाल्चोक – ६७९९ मि. यो जुगल हिमाल श्रृंखलामा पर्छ।
- चर्का भोट र ताराप गाउँ उच्चतम उचाइको बस्ती हुन्।
- काठमाडौं शहरलाई मन्दिरहरूको शहर भनिन्छ।
- ५२ पोखरी र ५३ ताल भएको जिल्ला: रुकुम
- सगरमाथाको प्रवेशद्वार: नाम्चे बजार
- नेपालको प्रवेशद्वार: वीरगञ्ज (पर्सा)
- नेपालको स्विजरल्याण्ड: जिरी
- नेपालको काश्मिर: जुम्ला उपत्यका
- विश्वको खुला संग्रहालय: काठमाडौं उपत्यका
- महेन्द्र राजमार्गले छुने पहाडी क्षेत्रका जिल्ला: अर्घाखाँची र मकवानपुर
- महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला: पर्सा
- महेन्द्र राजमार्गले धेरै छुने जिल्ला: मकवानपुर
- नेपालसँग सीमाना जोडिएका भारतका जिल्ला: १६
- भारत नेपालभन्दा २२ गुणा ठूलो छ भने चीन ६५ गुणा ठूलो छ।
- कोशी टप्पुलाई नेपालको श्रीलंका पनि भनिन्छ।
- दैलेख, दुल्लुमा ज्वालामुखीको चिन्ह देख्न सकिन्छ।
- सबैभन्दा तल्लो उचाइमा रहेको नगरपालिका: जलेश्वर (६१ मि.)
- नेपालबाट नजिकको अन्तर्राष्ट्रिय बन्दरगाह: कोलकाता, भारत
- भक्तपुर जिल्ला लाई हेरिटेज टापु जिल्ला पनि भनिन्छ।
- बराबर क्षेत्रफल भएका जिल्ला: रामेछाप-तनहुँ र बर्दिया-डोटी
- भारतको आकारसँग मिल्ने जिल्ला: संखुवासभा
- नेपाल र पोर्चुगलको आकारसँग मिल्ने जिल्ला: बागलुङ
- हथियारको आकारसँग मिल्ने जिल्ला: सुर्खेत
- हलको आकारसँग मिल्ने जिल्ला: रामेछाप
- ब्यास र फत्त्लोङ्मा स्थानीय तहहरू चीन र भारत दुवैसँग सिमाना जोड्छन्।
- लमजुङ, भक्तपुर, नुवाकोटले आफ्नो क्षेत्रबाहेक अरू कुनै अञ्चल छोदैनन्।
- दार्चुला र ताप्लेजुङले चीन र भारत दुवै छोएका छन्।
- चीनसँग मात्र सिमाना जोड्ने जिल्ला संख्या: १३
- भारतसँग मात्र सिमाना जोड्ने जिल्ला संख्या: २५
- कुनै पनि देशसँग सिमाना नजोड्ने जिल्ला संख्या: ३७
- ओखलढुङ्गा तीन तर्फ पानीले घेरिएको छ।
- कैलाली धेरै तर्फ पानीले छोएको छ।
- एक मात्र गाउँपालिका भएको जिल्ला: चितवन
- निकै कम स्थानीय तह भएको जिल्ला: पूर्वी रुकुम (३)
१.४ प्रदेशहरुको नाम र राजधानी।
प्रदेशहरुको | राजधानी |
---|---|
कोशी प्रदेश | विराटनगर |
मधेश प्रदेश | जनकपुर |
बागमती प्रदेश | हेटौंडा |
गण्डकी प्रदेश | पोखरा |
लुम्बिनी प्रदेश | देउखुरी |
कर्णाली प्रदेश | सुर्खेत |
सुदूरपश्चिम प्रदेश | धनगढी |
१.५ जिल्ला र सदरमुकामको नाम ।
- २०७४ भाद्र ५ मा घोषणा गरिएको नेपालमा ७७ जिल्ला रहेका छन् ।\
जिल्ला | जिल्ला |
---|---|
ताप्लेजुङ | ताप्लेजुङ |
पाँचथर | फिदिम |
इलाम | इलाम |
संखुवासभा | खाँदबारी |
तेह्रथुम | म्याङलुङ |
धनकुटा | धनकुटा |
भोजपुर | भोजपुर |
खोटाङ | दिक्तेल |
सोलुखुम्बु | सोलुसल्लेरी |
ओखलढुंगा | ओखलढुंगा |
उदयपुर | गाईघाट |
झापा | भद्रपुर |
मोरङ | विराटनगर |
सुनसरी | इनरुवा |
सप्तरी | राजविराज |
सिराहा | सिराहा |
धनुषा | जनकपुर |
महोत्तरी | जलेश्वर |
सर्लाही | मलङ्गवा |
रौतहट | गौर |
बारा | कलैया |
पर्सा | वीरगञ्ज |
दोलखा | चारिकोट |
रामेछाप | मन्थली |
सिन्धुली | सिन्धुलीमाडी |
काभ्रे | धुलिखेल |
सिन्धुपाल्चोक | चौतारा |
रसुवा | धुञ्चे |
नुवाकोट | विदुर |
धादिङ | धादिङबेसी |
चितवन | भरतपुर |
मकवानपुर | हेटौडा |
भक्तपुर | भक्तपुर |
ललितपुर | ललितपुर |
काठमाडौं | काठमाडौं |
गोरखा | गोरखा |
लमजुङ | बेँसीसहर |
तनहुँ | दमौली |
कास्की | पोखरा |
मनाङ | चामे |
मुस्ताङ | जोमसोम |
पर्वत | कुश्मा |
स्याङ्जा | स्याङ्जा |
म्याग्दी | बेनीबजार |
बागलुङ | बागलुङ |
नवलपुर | कावासोती |
परासी | परासी |
रुपन्देही | सिद्धार्थनगर |
कपिलवस्तु | तौलिहवा |
पाल्पा | तानसेन |
अर्घाखाँची | सन्धिखर्क |
गुल्मी | तम्घास |
पूर्वी रुकुम | रुकुमकोट |
रोल्पा | लिवाङ |
प्युठान | प्युठान |
दाङ | घोराही |
बाँके | नेपालगञ्ज |
बर्दिया | गुलरिया |
पश्चिम रुकुम | मुसिकोट |
सल्यान | सल्यान |
डोल्पा | दुनै |
जुम्ला | जुम्ला |
मुगु | गमगडी |
हुम्ला | सिमकोट |
कालिकोट | मान्मा |
जाजरकोट | जाजरकोट |
दैलेख | दैलेख |
सुर्खेत | वीरेन्द्रनगर |
बाजुरा | मार्तडी |
बझाङ | चैनपुर |
डोटी | सिलगढी |
अछाम | मंगलसेन |
दार्चुला | दार्चुला |
बैतडी | बैतडी |
डडेलधुरा | डडेलधुरा |
कञ्चनपुर | महेन्द्रनगर |
कैलाली | धनगढी |
१.६ प्रमुख लोकमार्ग, प्रमुख सडक सञ्जाल र पहुँच मार्ग।
मार्ग | मार्ग खण्ड |
---|---|
महेन्द्र राजमार्ग | पूर्व-पश्चिम |
त्रिभुवन राजमार्ग | सिसिया-त्रिपुरेश्वर |
सिद्धार्थ राजमार्ग | सुनौली-पोखरा |
अरनिको राजमार्ग | मैतीघर-मितेरीसङ्घ |
पृथ्वी राजमार्ग | नौबिसे-पोखरा |
रत्न राजमार्ग | जमुना डाँडा-बिरेन्द्रनगर |
मदन भण्डारी राजमार्ग | धरान-धनकुटा |
पासाङ ल्हामु राजमार्ग | काठमाडौं-धुञ्चे |
मदन-आश्रित मार्ग | नारायणघाट-मुग्लिन |
गौतम बुद्ध मार्ग | लुम्बिनी-तौलिहवा |
कोशी राजमार्ग | रानी-हिले |
मेची राजमार्ग | ईचाना-ताप्लेजुङ |
टंकप्रसाद मार्ग | सुनवाल-परासी |
जनक मार्ग | जनकपुर-ढल्केबर |
१.७ प्रमुख नदी, हिमनदी र तालतलैया ।
नदीहरुका उद्गम स्थानहरू
नदी | उद्गम |
---|---|
बागमती | बागद्वार |
दूधकोशी | दुधकुण्ड |
बुढीगण्डकी | गणेश हिमाल/दामोदर/मनसालु हिमाल |
कनकाई | इलाम महाभारत रेन्ज |
लिखुखोला | रोलवालिङ हिमाल |
मर्स्याङ्दी | मनासलु हिमाल/मुक्तिनाथ/दामोदर हिमाल |
तिनाउ | चुरे पर्वत (पाल्पा) |
बाणगंगा | चुरे दादा (अर्घाखाँची) |
कमला नाडी | सिन्धुलीगढी |
महाकाली | अपि हिमाल |
दराउदी | बुद्ध हिमाल |
सेती | अन्नपूर्ण |
थुलिबेरी | मुकुट हिमाल |
त्रिशुली | गोसाइकुण्ड/ लाङटाङ |
मनोहरा | शिवपुरी लेक |
विष्णु माती | सपना तीर्थ |
झिमरुख | गौमुखी |
मेची | लालीखर्क |
सेती गण्डकी | अन्नपूर्ण |
इन्द्रावती | जुगल हिमाल |
भारतमा नदीहरूको नाम
मेची | महानन्द |
महाकाली | शारदा |
गण्डकी | गण्डक |
कोशी | दामोदर |
कनकाई | तार |
बबई | सर्याउ |
कर्णाली | घागर |
ऐतिहासिक नाम
वर्तमान नाम | ऐतिहासिक नाम |
---|---|
अरुण | महाप्रभा |
बाणगंगा | भागीरथी |
मनोहरा | मणिमती |
हनुमन्ते | हनुमन्ति |
धोबी खोला | रुद्रमती |
टुकुचा | इच्छामती |
म्याग्दी | मंगला |
कालीगण्डकी | कृष्ण भाख्या, हरगङ्ग, कृष्ण गण्डकी |
त्रिशुली | धर्मधारा, त्रिशूली धारा |
नक्कुखोला | प्रभावती |
भचखुशी | भद्रमती |
चेपे | चम्पावती |
झिमरुक | धर्मावती |
ताडी | सुर्यवती |
माडी | मण्ड दिबि |
दराउदी | विश्वोधरा |
बुढीगण्डकी | यशोधरा |
राप्ती | अचिरवती |
लिखु | हेमगंगा |
मर्स्याङ्दी | सितप्रभा |
कर्णाली | पञ्चकोशी |
धोबी खोला | रुड्ता माटी |
इन्द्रावती | सत्यबहिनी |
तमोर | दुखी |
दुध कोशी | भद्रावती |
राप्ती | अचिरवती |
बुढीगण्डकी | यशोधरा |
सुनकोशी | शुभाश्रभा |
सेती गण्डकी | सुकल गंगा |
नदी किनारमा नगरपालिकाहरू
नगर/महानगरपालिका | जिल्ला | नदी |
---|---|---|
काठमाडौं | काठमाडौं | बागमती |
बिदुर | नुवाकोट | त्रिशुली |
पोखरा | कास्की | सेती/माडी |
डामौली | तनहुँ | सेती/माडी |
बेसीशहर | लमजुङ | मर्श्याण्डी |
बागलुङ | बागलुङ | कालीगण्डकी |
कुश्मा | पर्वत | माडी |
मोनमा | कालिकोट | कर्णाली |
जुम्ला | जुम्ला | कर्णाली |
गुलरिया | बार्दिया | बाबई |
सुन्धुलिमाडी | सिन्धुली | राम्पति |
कमलामै | हेटौडा | राप्ती |
धुन्चे | रसुवा | त्रिशुली |
सिमिकोट | हुम्ला | कर्णाली |
मन्थली | रमेकछाप | सुनकोशी |
बुटवल | रुपन्देही | tinahu |
घोराही | डांग | बहै |
स्यञ्जाबजार | स्याङ्जा | आदिखोला |
बेनी | म्याग्दी | कालीगण्डकी |
जोमसोम | मुस्ताङ | कालीगण्डकी |
चामे | मनाङ | मर्स्याण्डी |
महेन्द्रनगर | कञ्चनपुर | महाकाली |
काकडभिट्टा | झापा | मेचि |
चन्द्रगढी | झापा | मेचि |
गाइघाट | उदयपुर | त्रियुगा |
भद्रपुर (नारायणघाट) | चितवन | नारायणी (सप्तगण्डकी) |
दिपायल | डोटी | सेती |
जुम्ला | जुम्ला | कर्णाली, |
रिडी | गुल्मी | रिडी र |
नगर/महानगरपालिका | जिल्ला | नदी |
काठमाडौं | काठमाडौं | बागमती |
बिदुर | नुवाकोट | त्रिशुली |
पोखरा | कास्की | सेती/माडी |
डामौली | तनहुँ | सेती/माडी |
बेसीशहर | लमजुङ | मर्श्याण्डी |
बागलुङ | बागलुङ | कालीगण्डकी |
हिमनदी
हिमनदी | स्थान | विशेषता |
---|---|---|
अम्बुलाप्चा ग्लेशियर | सोलुखुम्बु |
|
हुंकु ग्लेशियर | खुम्बु |
|
इम्जा ग्लेशियर | नेपालको सोलुखुम्बु जिल्लाको हिमालयमा अवस्थित इम्जा हिमनदी काली हिमालको पश्चिमी मुहारबाट निस्कन्छ र इम्जा त्से (द्वीप चुचुरो) को दक्षिणी ढलानमा फैलिएको छ। |
|
खुम्बु ग्लेशियर | नेपालको उत्तरपूर्वी क्षेत्रमा रहेको खुम्बु क्षेत्रमा सगरमाथा र ल्होत्से–नुप्तसे हिमालको बीचमा रहेको खुम्बु |
|
लाङटाङ हिमनदी | लाङटाङ लिरुङ चुचुरो |
|
नाङ्गपाई गोसुम ग्लेशियर | सगरमाथाको 25 किमी पश्चिम उत्तरपश्चिममा अवस्थित छ |
|
नोजोम्पा ग्लेशियर | चोयु ताल तल स्थित- |
|
सबै भन्दा धेरै स्रोत रहेको हिमनदी दूधकोशी हो ।
तालतलैया
तिलिचो ताल
- समुद्री सतहबाट ४९१९ मिटरको उचाइमा अवस्थित छ।
- फक्चे हिमालको काखमा, मनाङ ।
- लम्बाइ = 4 किमी र चौडाई = 1.2 किमी, गहिराई = 200 मिटर
- ताललाई “Tiri-cho’ ox Ti li jo पनि भनिन्छ।
- नीलगिरि हिमाल उत्तर र अन्नपूर्णमा अवस्थित छ। हिमाल यस तालको दक्षिणमा अवस्थित छ।
रारा ताल
- नेपालको सबैभन्दा ठूलो ताल मुगु जिल्लामा पर्दछ
- लम्बाइ = 52 किमी चौडाई = 2.4 किमी र गहिराई = 167 मीटर। समुद्र सतह देखि उचाई = 2990m
- यो ताललाई महेन्द्रताल पनि भनिन्छ ।
फोक्सुण्डो ताल
- डोल्पा जिल्लामा पर्छ
- दक्षिणमा कान्जिरोवा हिमाल र कागमारा लेखको काखमा अवस्थित छ।
- लम्बाई = ४.८२ किमी, चौडाई = १.६१ किमी उचाई = ३६१३ मिटर
- स्थानीय नाम = रिग्मे
- यो आकारमा त्रिकोणीय छ।
- यो नेपालको दोस्रो ठूलो ताल र गहिरो ताल हो।
- यस तालमा कोही पनि जीवित आत्मा पाइँदैन।
- १७६ मिटर अग्लो झरना सुलिगढी खोला भन्ने यो तालको निकास बिन्दुमा अवस्थित छ।
छोरोल्पा ता
- यो दोलखा जिल्लामा पर्छ।
- उचाई : ४५८० मिटर, लम्बाइ = ३ किमी, चौडाई = ०.५ किमी र १०० मिटर गहिराइ।
फेवा ताल
- कास्की जिल्लामा पर्दछ
- लम्बाइ = 4.8 किमी, चौडाई = 1.5 किमी, गहिराई = 24 मिटर।
- यस तालमा माछापुच्छ्रेको प्रतिबिम्ब देखिन्छ ।
रानी पोखरी
- राजा प्रताप मल्लले छोराको शोकमा परेकी रानी अनन्तप्रियालाई सान्त्वना दिन ताल निर्माण गरेका थिए।
- लम्बाइ: 180 मिटर, चौडाई = 140 मिटर र क्षेत्रफल = 32 रोपनी
- रानीपोखरीको चार कुनामा बनाइएको मूर्ति
- उत्तर पूर्व र उत्तरपश्चिम = भैरब
- दक्षिण पूर्व = महालक्ष्मी
- दक्षिण पश्चिम = सोह्र हात गणेश
टौदह
- ८४ रोपनी जलक्षेत्र र कुल क्षेत्रफल ९६ रोपनी हो ।
- यस ताललाई कर्कोटक नाग (प्राचीन समयमा काठमाडौंमा बस्ने सर्पको राजा) को घर भनेर पनि चिनिन्छ।
- घोडाघोडीताल
- कैलाली जिल्लामा पर्छ
- हत्केलाको आकार जस्तो देखिन्छ।
- लोपोन्मुख चरा धनेश पनि यस तालको जङ्गलमा पाइन्छ।
बेगनास ताल
- रुपासँगै पाँचभैया पहाडमा अवस्थित छ ।
- समुन्द्र सतह देखि उचाई = 677 मिटर, गहिराई = 75 मिटर क्षेत्रफल = 225 हेक्टर
गोसाइकुण्ड
- स्थान = रसुवा
- समुद्र सतह देखि उचाई = 4360m
- सूर्यकुण्ड (पूर्व) र उत्तरी झरना मिलेर बनेको छ।
रुपा ताल
- स्थान = कास्की (पाचभैया पहाडको फेद)
- उचाई = 701 मिटर, गहिराई = 4.5 मिटर क्षेत्र 170 हेक्टर
अन्य प्रसिद्ध तालहरू
ताल/पोखरी | जिल्ला |
---|---|
निमा पोखरी, दूधपोखरी, बराह पोखरी, इलाम पोखरी | लमजुङ |
जगदीशपुर ताल, लौरौल ताल, लाम्बु ताल, निक्लिहवा ताल | कपिलबस्तु |
कुभिन्डेदह, कछुवा दह, मछ्या पोखरी | सल्यान |
रारा, ऋषिमोक्ष्य दह, छायनाथ दह | मुगु |
रुद्रताल, जल्पाताल, गनाउने भुदितुट्यताल, बराहदह, निलदह | बागलुङ |
इन्द्र सरोवर | मकवानपुर |
कामिनी दह | बारा |
नागदह, बालकुमारी दह, गुइताल पोखरी | ललितपुर |
राजारानी पोखरी | मोरङ |
सिद्ध पोखरी | भक्तपुर |
बिषाजारीताल, नोंदाभाउजू ताल | चितवन |
सज्राहवा ताल | रुपन्देही |
गुफा पोखरी, सभापोखरी | संखुवासभा |
सुनादह | डोल्पा र |
जखिरा ताल | कपिलवस्तु |
बुलबुले ताल | सुर्खेत |
रणीताल, झिलिमिला ताल | कञ्चनपुर |
खप्तड ताल | अछाम |
गोसाइकुण्ड | रसुवा |
टौदह, रानीपोखरी, नागदह | काठमाडौँ |
गंगासागर | धनुषा |
महाराजा सुनवर्षी पोखरी | मोरङ |
मैदिया पोखरी | पर्सा |
सुरमा सरोवर | बझाङ |
पर्चासे ताल | स्याङ्जा, |
गिरि दह | जुम्ला |
सिज्मे, लाम्पोखरी, जलजले, इनावा | ताप्लेजुङ |
जोरपोखरी, सुकेपोखरी | पाँचथर |
माइपोखरी, झ्याउ पोखरी, हास पोखरी, लक्ष्मीपोखरी | इलाम |
विराट पोखरी, चिलागढदह, गोरादह | झापा |
सिद्धपोखरी, सभापोखरी, मत्स्यपोखरी, दुडकुण्ड | संखुवासभा |
दुधकुण्ड | खोटाङ |
बाराहताल, छितापोखरी | खोटाङ |
रौतहा पोखरी, बराहा पोखरी, सुके पोखरी, भलवी पोखरी | उदयपुर |
भकरी दादा | सप्तरी |
गौडहवा ताल, गजदी ताल, मटिहारा, शक्तिहवा ताल, लौसाताल | रुपन्देही |
झिमिले, नैनी, तारा, बन्द, ममो रानी, लालकिया | कञ्चनपुर |
लमी अली | डडेल्धुरा |
गोजेताल, बराहदहो, पसादह | दार्चुला |
खप्तड ताल, छत्तीबन्ताल, सुन्दहा | डोटी |
घोडागोडीताल, जोखरताल, पुरिनताल, लौकाभुकेताल | कैलाली |
ठाडादहो, स्याङ्लाङ दह, गिरदह, पनेनदह | अर्घाखाँची |
सत्यवतीताल, नन्दनताल, सुकेतल, प्रवासदह | पाल्पा |
तातोपानी कुण्ड, भलेबस्ने ताल | म्याग्दी |
फेवा, रुपा, बेगनास, दिपाङ, मैदी, खास्टे, सन्तिकुण्ड | कास्की |
निमा पोखरी, दूधपोखरी, बराह पोखरी, इलाम पोखरी | लमजुङ |
जगदीशपुर ताल, लौरौल ताल, लाम्बु ताल, निक्लिहवा ताल | कपिलबस्तु |
कुभिन्डेदह, कछुवा दह, मछ्या पोखरी | सल्यान |
रारा, ऋषिमोक्ष्य दह, छायनाथ दह | मुगु |
रुद्रताल, जल्पाताल, गनाउने भुदितुट्यताल, बराहदह, निलदह | बागलुङ |
इन्द्र सरोवर | मकवानपुर |
कामिनी दह | बारा |
राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, संरक्षण क्षेत्र सम्बन्धी जानकारी (नाम, क्षेत्रफल, स्थापना, वनस्पति र जिल्ला)
राष्ट्रिय निकुञ्ज
क्र. सं. | राष्ट्रिय निकुञ्ज | स्थापना मिति (वि.सं.) | भौगोलिक क्षेत्र (जिल्ला) | क्षेत्रफल (वर्ग किमी) | प्रमुख प्राकृतिक सम्पदा |
---|---|---|---|---|---|
1 | चितवन राष्ट्रिय निकुञ्ज | २०३० | चितवन, मकवानपुर, पर्सा, नवलपरासी (पूर्व) | ९५२.६३ | एकसिँगे गैंडा, बाघ, चितुवा, तुवा, चितल, घडियाल गोही, लाछुसिङ्गा, विभिन्न प्रजातिका चरा, गौरी गाई, काठे भालु आदि |
2 | लाङटाङ राष्ट्रिय निकुञ्ज | २०३२ | रसुवा, नुवाकोट, सिन्धुपाल्चोक | १७१० | चितुवा, हाब्रे (रातो पाँडा), कस्तूरी मृग, रतुवा, झारल, घोरल, जङ्गली भेडा, भालु, लंगुर बाँदर (राजपत्रमा प्रकाशित मिति: २०३२/१२/०९) |
3 | सगरमाथा राष्ट्रिय निकुञ्ज | २०३२ | सोलुखुम्बु | ११४८ | कस्तूरी मृग, हिमाली भालु, डाँफे, चिलिमे, कालिज, लालचुच्चे, हिउँचितुवा, थार |
4 | रारा राष्ट्रिय निकुञ्ज | २०३२ | मुगु, जुम्ला | १०६ | ध्रुवीय भालु, थार, घोरल, बँदेल (राजपत्रमा प्रकाशित मिति:२०३३/०२/०४) |
5 | बर्दिया राष्ट्रिय निकुञ्ज | २०३२ | बर्दिया | ९६८ | बाघ, भालु, चितुवा, कृष्णसार, बाह्रसिङ्गे, घोडागडाहा, हात्ती, गैंडा, गोही, जरायो |
6 | शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज | २०४० | डोल्पा, मुगु | ३५५५ | हिउँचितुवा, तिब्बती खरायो, नाउर, नीलगाई, कस्तूरी मृग, जङ्गली याक, ब्वाँसो, तिब्बती गधा, चिरु |
7 | खप्तड राष्ट्रिय निकुञ्ज | २०४२ | बझाङ, बाजुरा, डोटी, अछाम | २२५ | रातो कस्तूरी मृग, घोरल, चारु बाघ, चितुवा, जङ्गली कुकुर, जङ्गली बिरालो, लोफोफोरस, मुनाल |
8 | मकालु बरुण | २०४९ | सङ्खुवासभा, | १५०० | कालो भालु, रातो सुँगुर, जङ्गली च्याउ, वर्वाल भालु |
9 | शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज | २०५८ | काठमाडौं, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ | १५९ | चितुवा, आसामी बाँदर, सालक |
10 | बाँके राष्ट्रिय निकुञ्ज | २०६७ | बाँके, सल्यान, | ५५० | बाघ, हुदार, सालक, चौसिङ्गा |
11 | शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज | २०३१ | कञ्चनपुर | ३०७ | बाह्रसिङ्गे, एकसिँगे गैंडा, हात्ती, बाघ, भालु, चितुवा, लघुनो, |
12 | पर्सा राष्ट्रिय निकुञ्ज | २०४० | चितवन, मकवानपुर, पर्सा | ६२७.३९ | सालक, हुदार, चौसिङ्गा, पाटे बाघ, एकसिँगे गैंडा, गौरी गाई |
कुल | ११८०६.०२ |
सिकार आरक्ष
क्र. सं | सिकार आरक्ष | स्थापना (वि.सं.) | क्षेत्रफल (वर्ग किमी) | भौगोलिक क्षेत्र (जिल्ला) | प्रमुख प्राकृतिक सम्पदा |
---|---|---|---|---|---|
1 | ढोरपाटन सिकार आरक्ष | २०४४ | १३२५ | रुकुम, बागलुङ, म्याग्दी; | नाउर, झारल, थार, ध्रुवीय भालु, नीलगाई |
संरक्षण क्षेत्र
क्र. सं. | संरक्षण | स्थापना मिति | क्षेत्रफल | भौगोलिक | प्रमुख प्राकृतिक सम्पदा |
---|---|---|---|---|---|
1 | अन्नपूर्ण | २०४९ | ७६२९ | लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, कास्की | हिमाली संकटापन्न वन्यजन्तु, वनस्पति र सांस्कृतिक सम्पदा |
2 | कञ्चनजङ्घा | २०५४ | २०३५ | ताप्लेजुङ | हिउँचितुवा, कस्तूरी मृग, हिमाली भालु, ब्वाँसो, नाउर, घोरल, हाब्रे, चारुबाघ |
3 | मनास्लु | २०५५ | १६६३ | गोरखा | हिउँचितुवा, कस्तूरी मृग, नाउर, झारल, विभिन्न चरा र सर्प |
4 | कृष्णसार | २०६५ | १६९५ | बर्दिया | कृष्णसार, हुदार, अजिङ्गर |
5 | गौरीशंकर | २०६६ | २१७९ | रामेछाप, दोलखा, सिन्धुपाल्चोक | हिउँचितुवा, कस्तूरी मृग, चारुबाघ, लोफोफोरस, मुनाल |
6 | आपी–नम्पा | २०६७ | १९०३ | दार्चुला | हिउँचितुवा, घोरल, कालो भालु, थार, जरामसी, यार्सागुम्बा, पञ्चौले |
वन्यजन्तु आरक्ष
क्र. सं. | वन्यजन्तु | स्थापना मिति | क्षेत्रफल | भौगोलिक | प्रमुख जनावर |
---|---|---|---|---|---|
1 | कोशीटप्पु वन्यजन्तु आरक्ष | २०३२ | १७५ | सुनसरी | अर्ना, घडियाल गोही, सोस माछा, विभिन्न माछा र चराचुरुङ्गी |
रामसार सूचीमा सूचीकृत नेपालका सिमसार क्षेत्रहरू
क्र.सं. | नाम | क्षेत्रफल (हेक्टर) | सूचीकृत मिति | जिम्मेवार व्यवस्थापन निकाय |
---|---|---|---|---|
1 | कोशीटप्पु | १७,५०० | १९८७-१२-१७ | कोशीटप्पु वन्यजन्तु आरक्ष |
2 | बिसहजारी ताल | ३,२०० | २००३-०८-१३ | चितवन राष्ट्रिय निकुञ्ज |
3 | घोडाघोडी ताल | २,५६३ | २००३-०८-१३ | जिल्ला वन कार्यालय, कैलाली |
4 | जगदीशपुर ताल | २२५ | २००३-०८-१३ | जिल्ला वन कार्यालय, कपिलवस्तु |
5 | रारा ताल | १,५८३ | २००७-०९-२३ | रारा राष्ट्रिय निकुञ्ज |
6 | फोक्सुन्डो ताल | ४९४ | २००७-०९-२३ | शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज |
7 | गोसाईकुण्ड र अन्य तालहरु | १,०३० | २००७-०९-२३ | लाङटाङ राष्ट्रिय निकुञ्ज |
8 | गोक्ष्यो र अन्य तालहरु | ७,७७० | २००७-०९-२३ | सगरमाथा राष्ट्रिय निकुञ्ज |
9 | माइपोखरी | ९० | २००८-१०-२८ | जिल्ला वन कार्यालय, इलाम |
10 | पोखरा उपत्यका ताल समूह | २६,१०६ | २०१६-०२-०२ | जिल्ला विकास समिति, कास्की, जिल्ला जंगल समिति, कास्की |