Tuesday | October 22, 2024 | 10:50:19 AM

लोकतान्त्रिक अभ्यासमा युवाको भुमिका

Mahesh Khatri9/21/2024
Blogsबिचार
featured image
Share article
  • fb-social-icon
  • fb-social-icon
  • fb-social-icon
  • fb-social-icon
  • fb-social-icon
  • fb-social-icon

विषयमा प्रवेश गर्नु पुर्व वयस्क र युवा बिच्को भिन्नता थाहा पाउनु अपरिहार्यदेखियो ;

युवा बिचारले हुन्छ,उमेरलेहोइन।

प्रथमतःहामीले वयस्क र युवा भनेकोके हो बुझ्न जरुरीहुन्छ । वयस्क रयुवामा धेरैनै ठुलो भिन्नता हुन्छ।वयस्क भन्नाले  १८-४० वर्ष बिचकोपूर्ण विकसित व्यक्ति हुन्छ त्यसैगरि युवा भन्नाले , सकारात्मकसोंच,चट्टानी अडान ,धृड संकल्प ,उच्चमहत्वाकांक्षी , इच्छाशक्ति ,बिद्रोह को क्षमता ,क्रान्तिप्रति उर्जा जोश जांगर सहितकोबिचार र सिधाान्त बोकेकोपरिवर्तनवादी शव्दहरुको एउटा एकीकृत रुपहो ;राम्रो र नराम्रो कुराकोभिन्नता छुट्याउन सक्ने मानसिकता हो ।३०-५०वर्ष बिचको कुनै बिध्याबारिदी नैकिन नहोस् ,यदि उ फोहोरीर झुठो राजनीतिको चक्रब्युबाटसजग र सचेत रहनसक्दैन र त्यही मानसिकताको पुजारी बनिरहन्छ भने उ वृद्धनै कहलिनु पर्दछ ।दीर्घकालीन बिचार ,दृष्टि र एजेन्डा दृढ़संकल्प छ भने उ `युवा´बाट कहिलेइ बन्चित हुँदैन । आफ्नै बुद्धिविवेक प्रयोग गरि समाज कोफ्रन्टलाइनमा आफै आइ कामगर्ने मानिस नै युवा कहलिन्छ।

लोकतान्त्रिक अभ्यास र नेपाल अनि युवाको भुमिका   

नेपालले लोकतन्त्रकोनयाँकिसिमकोअवधारणाकोपरिकल्पनागर्नआवश्यक।

हामीलेचाहेको लोकतन्त्र भनेको प्रतिनिधिमुलक समावेशी ,सहभागीतामुलक र समानुपातिक प्रतिनिधित्वभएको लोकतन्त्र हो वर्गीकरण गरेरभन्नूपर्दा राजनैतिक रुपमा उदार ,सामाजिक रुपमा समन्यायिक र आर्थिक रुपमासमुन्न्त लोकतन्त्र हामिले खोजेको लोकतन्त्र हो ।मध्यावधि चुनावलोकतान्त्रिक परिपाटीको महत्त्वपूर्ण पक्ष हो तरwinner taker mentality लेगर्दा Big money system ले टिकट पाउन देखीलिएर चुनाव प्रचारप्रसार मा समेत ठुलोभुमिका खेलिरहेको हुन्छ र शक्तिमा पुगेपछिलोकतन्त्रका विभिन्न आयामहरु शक्ति पृथकिकरण र मौलिकहक हरुजस्ता विषयबाट चुकेको देखिन्छ ,यो समस्या नेपालमामात्र नभइ विश्वका विकसितमुलुकहरुमा समेत देख्न पाइन्छ।निर्वाचन बाट मात्र लोकतान्त्रिकअभ्यास हुन्छ भन्ठान्नु गलत हो ,उ. कोरियामा पनी चुनाव तहुन्छ नै । नेपालकैसन्धर्वम हेर्दा ५५/६० लाखजनसंख्या वैदेशिक रोजगारको लागि विदेशीएको छर यसरी हेर्दा अहिलेकोबहुमत को सरकार (४४७७२१५समानुपातिकमत) पनि जम्मा १४% नेपाली को मात्र रहेछ ,के यो लोकतान्त्रिक अभ्यासभएको हो त ? यसगम्भीर विषयमा नागरिक समाज तथा युवापुस्ताहरुले उचित नीग्रानी गर्नुजरुरी छ ।

इतिहासपल्ट्याएर हेर्दा लोकतन्त्र को बिज ८०५वर्ष जति पहिले  इ .सं १२१५मा UK मा म्याग्नाकार्टाद्वारा गराइयो तरUK मा पनि १९२८बाट मात्र उमेर पुगेका सबैलेमतदान गर्न पाउने अधिकारआयो ;त्यो भन्दा पहिलेजम्मा उमेर पुगेका शहरीपुरुषले मात्र मतदान गर्नपाउने व्यवस्था रहेछ तर संबैधानिकउदारवादको सिधाान्त स्थापित भैसकेको रहेछ ।वाकस्वतन्त्रा ,न्याइकसक्रियता ,स्वतन्त्र न्यायपालिका ,विधिको शासन जस्ता जगहरुस्थापित भइसकेको रहेछ ।नेपाल westminster model बाट नै अगाडिबढ्न सजिलो होला त ? सामाजिकआर्थिक र सांसकृतिक रुपले नेपाल को लागि योअवधारणा उपर्युक्त होला त? युवापुस्ताहरुले बिचार गर्न जरुरी रयदी हुन्दैन भने विकल्प खोज्नुअपरिहार्य छ ।बिचारहिनता कोपरिस्थितिबाट गुज्रिरहेको नेपाली समाज मा सैद्धान्तिकबहसको संस्कार बसाल्नु आज को आवश्यकताहो ,युवा पुस्ताले यसमाअहम भुमिका निर्वाह गर्नु पर्दछ ।

समावेशीताकोलागि नेपालमा आरक्षण आवश्यक विषय हो तरआरक्ष को व्यवस्था हुँदैगर्दा आरक्ष भित्रको विकृति पनि कटाक्ष हुनुपर्छ ,नेपाल मा १२९ वटाजातजाति छन ;४५/५५को आरक्षणको व्यवस्था छ तर आरक्षणमा कस्ता अनुहारहरु दोहोरीरहेका छन त योसमस्या पहाडीमा भन्दा मधेसी दलित वर्गमा बढीदेखिन्छ मधेसी सिमान्तकृत (डोम ,मुसहर ..) हरुको सहभागिता देखिन्छ त?अर्को पाटोमा हेर्दा आजको युवापुस्ता जन्मदैएउटा पेसागत परिवार मा जन्मिएको छभने उसले त्यहीँ पेसाअंगाल्नु पर्ने स्थिति पनि केहि समाजमा देखिन्छ जुन कुरा श्रीमद्भागवद्गीता मा पनि नभएकोसंस्कार बसेको छ ,भाग्वद् मात बरु कर्मअनुसार कोजाति हुन्छ जन्मसिद्ध रुपमा ब्राह्मण भएर जन्मिएको मानिसपनि क्षेत्रीय पेसा पनि अपनाउनपाउँछ भनेर भनिएको छ,कर्मले जात जनाउँछ जातलेकर्म होईन ।र योलोकतान्त्रिक अभ्यास पनि भयो त?यो विषय पनियुवापुस्ता ले बिचार गर्नुपर्ने विषय हो ।

वर्तमानपरिपेक्षमा "उदार तानाशाह आजकोआवश्यकता" विषय चर्को बनिरहेकोछ तर विकास भनेकोचिल्लो बाटो ,ठुला घरहरु मात्रहुन त? विकास भनेकोत शाश्वत सिद्धान्तहरु ,स्वतन्त्रताका कुराहरु लेख्न र बोल्न पाउनुहोइन र? बरु आधापेट नै खाउँ तरस्वतन्त्र भएर लेख्न रबोल्न पाउँ , सरकारका गलतीहरुमा औंला उठाउन पाउँ।हेर्दा लोकतान्त्रिक अभ्यास सुस्त भएजस्तो देखिएपनी दीर्घकालीन हुन्छ किनभने यसमा आफ्नो रचनात्मकगुणको छुट्टै मूल्य हुन्छ ।"Democracy does cause growth." Why nation fails .

त्यसैगरी why nation fails माअर्को अतिनै महत्त्वपूर्ण लाइन रहेछ । It is manmade institutions ,not the lay of the land or the faith of our forefather , that determine whether a country is rich or poor .त्यसैले well regulated competitive economy को बारेमा पनिचर्चा अपरिहार्य छ ।यस कोभिड१९ संकट को अन्त्यपछि बजार अर्थतन्त्र कुनदिशातर्फ  मोडिन्छत?आर्थिक संकटबाट कसरि मुक्ति पाउनसकिन्छ त ?। सुशासनर आर्थिक संरचना स्थानीय तहदेखि नै कसरी मजबुतगराउन  सकिन्छयुवापुस्ताले बिचार गर्नु जरुरी छ ।नेपाल कृषिआधुनिकिकरण र औधोगिकरण जस्ताविषयमा किन चुकिरहेको छत? उर्जाजस्तो संबेदनसिल कुरामा कसरी आत्मनिर्भर हुनसक्छ त देश ?विभिन्नक्रान्ति को लागी लढ्नर देश को बागडोरसंभाल्नु फरक कुरा होइनर? जुनकाम मा अनुभव छ,संभन्दित व्यक्ती लाई सोही कामको जिम्मेवारी दिनु पर्दछ रयुवा ले नीग्रानी गर्नुपर्दछ ।यी कुराहरुमा कार्यनयनगर्न कसरी सकिन्छ त  बिचारबिमर्श गर्न जरुरी छ।

विश्वप्रकाशशर्मा जि ले एउटाभासण मा भन्नू भएकोथियो "हामी भाग्यमानी हौजसले जनयुद्ध ,राज्तन्त्र, राज्तन्त्र को लागि संघर्ष , लोकतन्त्र ,गणतन्त्र , स्थानीय संरचना , नाकाबन्दी देखि महामारी,अविकसितराष्ट्र बाट बिकासोन्मुख राष्ट्रपनि देख्न पाइरहेका छौं USA मा जन्मिएर बाबूबाजे ले गराइदिएको चिल्लो बाटो मा गाडीचलाइरहेको युवक भन्दा तदेश बनाउने संकल्प लिएर सङ्घर्श गर्दैधुलो मा हिडि रहेकार पुस्ता हरु लाई सुन्दरनेपाल हस्तान्तरण गर्ने सपना बोकेका हामीयुवक नै भाग्यमानी हौं।